नियम ४८
भुइँदेखि विजुलीको तारसम्म हुनु पर्ने न्यूनतम दुरी

(१) विद्युत वितरण तथा प्रसारण प्रणलीको विभिन्न भोल्टको विद्युत तार तथा भुइँको बीचमा रहने दूरी अनुसूची –१२ मा
लेखिएको भन्दा कम हुनु हँदैन ।
(२) सडक माथि तथा सडकको छेउमा विद्युत लाइन लैजानु परेमा उपयुक्त प्राविधिक दृष्टिकोण अपनाई लैजानु पर्नेछ ।
(३) ३३,००० भोल्ट भन्दा बढी भोल्टको लाइन लैजानु आवश्यक भएमा अनुसूची –१२ मा उल्लेखित ३३,००० भोल्टको लागि तोकिएको न्यूनतम दूरीमा प्रत्येक ३३,००० भोल्टको लागि थप ०.३०५ मिटरको दूरीमा लैजानु पर्छ ।